भारतीयद्धारा लिपुलेक अभियानका १० जना पक्राउ
साउन २७ । भारतीय सुरक्षाकर्मीले राष्ट्रियताको अभियानसहित काठमाडौं-दार्चुला जागरण अभियानमा हिँडेका मोहन वैद्य नेतृत्व माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १० जनालाई पक्राउ गरेको छ ।
अभियानका क्रममा लिपुलेक जाने क्रममा सीमा पुलबाट उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । लिपुलेक नेपालकै हो भन्ने टोपी लगाएर भारतीय बजार धारचुला घुम्न जाने क्रममा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले उनीहरूलाई पक्राउ गरेर नियन्त्रणमा राखेको छ ।
अखिल क्रान्तिकरीका मोहन आचार्य, खगेन्द्र कँडेल, सन्दीप गौतम, शिव गौतम, सुशील बस्नेत, दिनेश जमकट्टेल, सुदर्शन पौडेल, पुजन खनाल, अंकित तिवारी र किरन पौडेल पक्राउ परेका हुन्।
भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाका रूपमा प्रयोग गर्न भएको सम्झौता खारेजीको माग गर्दै माओवादी निकट विद्यार्थीले काठमाडौंबाट दार्चुलासम्म ‘लिपुलेक हाम्रै हो जागरण अभियानु चलाएको हो । देशका विभिन्न भागसहित दार्चुला सदरमुकाम खलंगामा मार्चपास गर्दै उनीहरूले सम्झौता खारेजीको माग गर्दै त्यहाँ पुगेका थिए ।
यसैबीच, लिपुलेकबारे चर्को विरोध भएपछि भारतले कालापानी क्षेत्रमा थप सुरक्षा फौज परिचालन गरेको छ । जिल्ला सदरमुकामसँग जोडिएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा समेत भारतपट्टी भारतीय सुरक्षाकर्मीहरुले चेक जाँचमा कडाई गरेका छन् ।
जिल्लाका उत्तरी भेगका भारतसंग सीमाना जोडिएका गाविसका स्थानीयले भारतीय सुरक्षाकर्मीहरुको दुव्र्यवहार पनि खेप्नुपरेको जनाइएको छ ।
प्रकाशित मिति:
August 12, 2015