भारतसहित वैदेशिक रोजगारमा जानेलाई अब २० लाखसम्म बिमा
- रोजगारीकोे लागि भारत जाने सबै बालिग नागरिकहरुको अनिवार्य बीमा हुुने नयाँ व्यबस्था तर अनुुमति पत्र अनिवार्य लिनुपर्ने
- मृगौला फेल, क्यान्सर जस्ता विभिन्न १५ प्राण घातक रोगका लागि ५ लाख बिमाङ्क थप
- दुर्घटनामा परी उपचार गर्न वा जीवन गुमाउने नेपाली कामदारलाई दिइने आर्थिक सहायतामा साविक रु. ३ लाखमा रु. ४ लाख बृद्धि गरी रु. ७ लाख पु¥याइयो
काठमाडौं १२ माघ
सरकारले भारतमा रोजगारीका लागि जाने सबै नेपालीलाई वैदेशिक रोजगारीको मान्यता दिँदै अनिवार्य बिमा हुने व्यवस्था लागू गरेको छ ।
सरकारले मंगलबार वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरेर ल्याएको बैदेशिक रोजगार (म्यादी) जीवन बीमा अन्तर्गत भारतमा कामका सिलसिलामा जाने नेपालीलाई पहिलो पटक वैदेशिक रोजगारीको मान्यता दिएको हो ।
सरकारले भारत जाने सबै बालिग नागरिकहरुको अनिवार्य बीमा हुुने नयाँ व्यबस्था गरेको छ भने भारत काम गर्न जाने नागरिकले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुुमति पत्र अनिवार्य रुपमा बनाउनु पर्ने भएको छ ।
बिमा कार्यक्रम घोषणा गर्दै प्रधानमन्त्री प्रचण्ड |
सरकारले बैदेशिक रोजगारमा गएका नेपाली कामदारको बीमा सुविधामा विस्तार गरी कामदारको स्वास्थ्य बीमातर्फ साविकको सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बीमा, आयको नोक्सानी लगायतका सुविधाहरुका अतिरिक्त मृगौला फेल, क्यान्सर जस्ता बिभिन्न १५ प्रकारका घातक रोग बापत थप ५ लाख बीमाङ्क बराबरको बीमा हुुने नयाँ व्यवस्था गरेको छ ।
'अब भारतमा कामका लागि जाने नेपालीले पनि यो बिमा रकम पाउने भएका छन् । ‘रोजगारीकोे लागि भारत जाने सबै बालिग नागरिकहरुको अनिवार्य बीमा हुुने नयाँ व्यबस्था गरिएको छ', बिमा सम्बन्धी विशेष घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले भने, 'नयाँ व्यवस्था अन्तर्गत भारत जाने नागरिकहरुलाई समेत बैदेशिक रोजगारको लागि अन्य देश जाने नागरिकसरह घातक रोग वापत ५ लाख, जीवन बीमा वापत ७ लाख ५० हजार र बोर्डबाट अधिकतम् १ लाख ५० हजार सहित कुुल १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिइने छ ।' सरकारले घोषणा गरेको व्यवस्था आगामी २०७३ फाल्गुण १ गतेदेखि लागू हुुने समेत प्रधानमन्त्री दाहालले बताए ।
‘अबदेखि भारतमा गएर काम गर्ने सबै नागरिकहरुलाई समेत बैदेशिक रोजगारको मान्यता दिइनेछ र, अन्य देश जाने नागरिकसरह राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन वैदेशिक रोजगार (म्यादी) जीवन बीमा र वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड अन्तर्गतको कल्याणकारी कोषमा सहभागिता गराइनेछ’, प्रधानमन्त्री दाहालले भने, ‘यस्तो बीमामा ५ लाख बराबरकै घातक रोगको बीमा समेत समावेश हुुनेछ, बीमाङ्ग रकम ७ लाख ५० हजार हुुनेछ, त्यस्तै बैदेशिक रोजगार प्रबद्र्धन बोर्डबाट कम्तिमा १ लाख ५० हजार गरी कुुल १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिइनेछ ।’ यस्तो बीमाको समयावधि कम्तिमा एक वर्षको हुुने तर, काम गर्ने समयावधि तोकिएको हकमा भने बीमा अवधि सोही बमोजिम हुने सरकारले जनाएको छ ।
भारत काम गर्न जाने नेपालीले सम्बन्धित जिल्ला प्रशाशन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुुमति पत्र दिनुुअघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा अनिवार्य सहभागिता गराउने भएको छ । प्रधानमन्त्री दाहालले यसका लागि छुुट्टै कार्यविधि बनाई एक महिनाभित्रै लागू गरिने घोषणा समेत गरेका छन् ।
सरकारले वैदेशिक रोजगारीमा जाने सबैका लागि बिभिन्न १५ प्रकारका घातक रोग बापत थप ५ लाख बीमाङ्क बराबरको बीमा हुुने नयाँ व्यवस्थापछि कामदारले सम्बन्धित बीमा कम्पनीबाट २० लाखसम्म बीमा रकम पाउन सक्ने जनाएको छ भने उक्त व्यवस्था आगामी माघ १५ गतेबाट लागू हुने समेत जनाइएको छ ।
सरकारले थप गरेको बिमा घोषणा अनुसार अब कामदारले २७ लाखसम्म पाउने प्रधानमन्त्री दाहालले बताए । ‘बैदेशिक रोजगारमा जाने कामदारहरुले जम्मा गरेको कल्याणकारी कोषलाई कामदारको हितमा अधिकतम् रुपमा प्रयोग हुने व्यवस्था गर्ने सम्बन्धमा मैले व्यवस्थापिका संसदमा बैदेशिक रोजगारमा रहँदा मृत्यु भएका मृतकका परिवारलाई साविकमा दिइंदै आएको क्षतिपूर्ति रकम रु. तीन लाखमा रु. ४ लाख थपेर रु. सात लाख पु¥याइने घोषणा गरेअनुुसार बैदेशिक रोजगार नियमावली २०६४ संशोधनको प्रक्रियामा रहेको छ, प्रधानमन्त्री दाहालले भने, ‘यस संशोधनबाट बैदेशिक रोजगारको क्रममा दुर्घटनामा परी उपचार गर्न वा जीवन गुमाउने नेपाली कामदारलाई दिइने आर्थिक सहायतामा साविक रु. ३ लाखमा रु. ४ लाख बृद्धि गरी रु. ७ लाख पु¥याइने छ । यसरी थप हुुँदा कामदारले पाउने रकम रु. २७ लाखसम्म पुुग्नेछ ।’
सरकारले घातक रोग लागी मृत्यु नभएको तर शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्च बाहेक बीमाबाट १३ लाखसम्म, बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ३ लाख र घातक रोगबापत ५ लाख गरी कुल १८ लाखसम्म प्राप्त हुने समेत जनाएको छ ।
अस्वस्थताको अवस्थामा घातक रोग अन्तर्गतको तत्काल पाइने बीमा दाबी ब्यबस्था गरिएको र अब नयाँ ब्यवस्था अनुसार घातक रोग प्रमाणित भएमा बीमाबाट प्राप्त हुने सबै रकम बीमीतले तत्काल पाउने समेत प्रधानमन्त्रीले बताएका छन् ।
यस अघि नै बीमा गरिसकेका तर म्याद नसकिएका नागरिकहरुले घातक रोग र बीमाको पछिल्लो व्यवस्था बमोजिम रक्षावरणको सुुविधा लिन चाहेमा समानुुपातिक थप शुुल्क बुुझाएर लिन सकिने व्यवस्था समेत सरकारले गरेको छ ।
सरकारले तीन महिनाको लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमाको मोहलत अवधिको (ग्रेस पिरियड) नवीकरण हुने नयाँ व्यवस्था गरिएको बताएको छ । उक्त व्यवस्थाले बीमा नवीकरण नहुुँदै बैैदेशिक रोजगारीमा रहेका कुनै नागरिकको मृत्युु भएमा वा अंगभंग वा विरामी भई बीमा दावी गर्न योग्य क्षति पुुगेमा बीमाको स्वतः नवीकरण भएको मानी रक्षावरण गरिनेछ उक्त व्यवस्था आजकै मितिदेखि लागू भएको घोषणा समेत गरेको छ ।
यस्तै, मिति २०७३/१०/११ देखि २०७४/०१/११ सम्म बैदेशिक रोजगारीमा रहेका कुनै नागरिकको बीमा नवीकरण नहुँदै मृत्यु, अंगभंग वा बिरामी लगायत बीमा दावी गर्न योग्य क्षति पुगे बीमाले स्वतः रक्षावरण गरिने र उक्त व्यवस्थाले विदेशमा रहेका सम्पूर्ण नेपाली कामदारलाई तत्काल आर्थिक सुरक्षा मिल्ने अपेक्षा गरिएको प्रधानमन्त्री दाहालले बताए । उक्त व्यवस्था नेपाल सरकारको जमानत (ग्यारेन्टी) मा हुुनेछ र सरकारले प्रिमियम वापत तिर्नुुपर्ने अनुुमानित रकममध्ये रु. १० लाख बीमा समितिलाई छुुट्टै खाता खोल्न लगाई तत्काल जम्मा गरिदिने प्रधानमन्त्रीको भनाई छ ।
सरकारले बैदेशिक रोजगारमा जाने नेपाली कामदारको बीमा अवधिलाई २०७३ साल माघ १५ गतेदेखि नै लागू हुने गरी करार अवधिभन्दा थप एक वर्ष कायम हुने नयाँ ब्यवस्था मिलाइएको छ । यो व्यवस्थाले बीमाबाट नागरिकहरुलाई मध्यपूर्वका कतिपय देशहरुलाई ३ वर्ष र मलेसियालाई ४ वर्षसम्म रक्षावरण गरिने छ । यस्तै हाल करार अवधिभन्दा छ महिना बढीको बीमा गर्ने व्यवस्था भएकोमा अब सो अवधि बृद्धि भई एक वर्षको हुने भएको छ ।
प्रकाशित मिति:
January 25, 2017