३९ एसएसपीको सरुवा, काठमाडौंमा जोशी, अपराधमा अमात्य
काठमाडौं, १३ माघ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३९ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा गरेको छ ।
गृहमन्त्रालयमा बुधबार साँझ बसेको मन्त्रालयस्तरीय बैठकले एसएसपी सरुवा गरेको हो । सरुवामा चलखेल भएको समेत बताइएको छ भने गृहमन्त्रीले हस्तक्षेप गरेपछि आइजिपी असन्तुष्ट रहेको समेत बताइन्छ ।
राती अबेर भएको सरुवा निर्णय अनुसार अञ्चल प्रहरी कार्यालय धौलागीरीमा कार्यरत छविलाल जोशीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा गरिएको छ । एसएसपी विक्रम सिंह थापाले अनिवार्य अवकास पाएपछी काठमाडौंको प्रहरी प्रमुखको पद खाली थियो ।
त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखमा एसएसपी ठुले राईलाई ल्याईएको छ । महानगरीय अपराध महाशाखामा दिनेश आमात्य आएका छन् । यसअघी महाशाखामा कार्यरत सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् ।
यस्तै बाग्मती अञ्चल प्रमुखममा पुष्पचन्द्र रन्जित, अञ्चल प्रहरी कार्यालय नारायणीमा सुर्य उपाध्याय, अञ्चल प्रहरी कार्यालय लुम्बिनीमा दिपक थापा, कोशीमा उत्तम कुमार कार्की, मेचीमा पिताम्बर अधिकारी र अञ्चल प्रहरी कार्यालय सगरमाथामा बलराम शर्मा पौडेललाई पठाईएको छ ।
प्रकाशित मिति:
January 26, 2017