४८ घण्टा गाडी चढेर थवाङ पुगे विप्लव माओवादीका नेता कार्यकर्ता
काठमाडौं ५ फागुन
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको महाधिवेशन अन्तरगत बन्दसत्रका लागि काठमाडौं लगायत ठाउँबाट ४८ घण्टा गाडी चढेर नेता तथा कार्यकर्ता रोल्पाको थवाङ पुगेका छन् ।
१ फागुनमा खुल्लामञ्चमा पार्टीले महाधिवेशनको उदघाटन गरेको थियो । बन्दसत्र थवाङमा गर्न लागेकाले आजसम्म प्रतिनिधि त्यहाँ पुगिसकेको बताइएको छ ।
बन्दसत्रमा करिब १२ सय प्रतिनिधि तथा पर्यवेक्षक उपस्थित रहने अवस्था देखिएकाे माओवादीले जनाएको छ । अहिले बन्दसत्र स्थलमा पार्टीको केन्द्रीय समिति बैठक बसेको छ । बैठकले बन्दसत्र, प्रतिनिधि पर्यवेक्षक लगायतको विषयमा निर्णय गर्ने र आजै बन्दसत्र सुरु गर्ने तयारी रहेको एक नेताले बताए ।
बन्द सत्र १० फागुनसम्म चल्ने माओवादीले जनाएको छ ।
विप्लव माओवादीले यसअिघ एकीकृत क्रान्तिको कार्यदिशा लिएको थियो । २ वर्ष अघि पार्टी विभाजन भएपछि माओवादीले भ्रष्टचारको नाममा केही कर्मचारी तथा व्यक्तिहरुलाई कालोमोसो दल्ने बाहेकका विशेष काम भने गर्न सकेको छैन ।
बन्दसत्रले एकीकृत क्रान्तिको कार्यदिशालाई थप प्रष्ट पार्ने बताइएको छ । विप्लव माओवादी जंगल पस्ने बताइए पनि त्यस्तो अवस्था नरहेको माओवादीका नेताहरु बताउँछन् ।
प्रकाशित मिति:
February 16, 2017