जेठ १ र २१ गते स्थानीय निर्वाचन
काठमाडौ २६ माघ
निर्वाचन आयोगले जेठ १ र २१ गते स्थानीय निर्वाचन गर्ने सकिने प्रस्तावित कार्यतालिका सरकारलाई पठाएको छ ।
मन्त्रीपरिषद बैठकले १० जेठभित्र निर्वाचन सम्पन्न गर्ने गरी काम अगाडी बढाउन पत्राचार गरेसँगै आयोगले उक्त प्रस्ताव सरकारलाई दिएको हो । यद्यपी, आयोगले प्रस्तावित समयमा निर्वाचन गर्नका लागि फागुन पहिलो सातासम्म निर्वाचन मिति घोषणा भईसक्नुपर्ने सबै कानुन पारित भईसक्नुपर्ने तथा स्थानीय तहको टुंगो समेत लागिसक्नुपर्ने जनाएको छ ।
सरकारले स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा स्थानीय तह सम्बन्धी अध्ययन गर्न १५ दिनको समयावधी तोकेर कार्यदल गठन गरेको छ । कार्यदलले ५ फागुनसम्म प्रतिवेदन बुझाउने समय नै पाएको छ । यस्तै स्थानीय तहको विवाद समेत हत्तपत्त हल हुने देखिएको छैन भने निर्वाचन मिति समेत मधेसी मोर्चाका कारण घोषणा हुन सक्ने सम्भावना भने कम छ ।
प्रकाशित मिति:
February 08, 2017