निर्वाचनको विकल्प नभएको माओवादी हेडक्वार्टरको ठहर
काठमाडौं ५ फागुन । नेकपा माओवादी केन्द्र हेडक्वार्टर बैठकले निर्वाचनको विकल्प नरहेको ठहर गरेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनको कुनै बिकल्प नभएको निष्कर्ष निकालेको हो।
पार्टी प्रवक्ता पम्फा भुसालले अब स्थानीय तहको निर्वाचनको बिकल्प नभएकाे बताइन् । 'राजनीतिलाई अग्रगमनमा लैजानका निम्ति स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनलाई गति दिनुपर्छ । जनसंख्याको घनत्वलाई विचार गरी दुई नम्वर प्रदेशमा स्थानीय तहको संख्या केही बढाएर भए पनि मधेशी मोर्चालाई निर्वाचन ल्याउने र निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल भयो' उनले भनिन् 'अब छिटै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन्छ ।’
हेडक्र्वाटर बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो । बैठकले संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको गृहकार्य र तयारीलाई सकारात्मक भएको निष्कर्ष निकाल्दै निर्वाचनमा केन्द्रित हुने निर्णय पनि गरेको छ ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सरकारले दलहरुसँग गरेको छलफल, राष्ट्रिय राजनीति र निर्वाचनको तयारीबारे बैठकलाई अवगत गराएका थिए ।
बैठकले मन्त्रीपरिषदबाट बनेको स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदन बिहीबार नै बुझ्ने तयारी भएको र फाल्गुण १० गते संसद सुचारु हुने भएकाले प्रतिपक्षी दल र मधेशी मोर्चासँग समेत थप छलफल गरेर निर्वाचनको मिति घोषणा गर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति:
February 16, 2017