५०० वाट सम्मका रेडियो अब जिल्ला हुलाकबाटै नविकरण
काठमाडौं ५ फागुन
सरकारले ५ सय वाट सम्मका रेडियोको नविकरण जिल्ला हुलाक कार्यालयबाट नै हुने व्यवस्था गरेको छ । सुचना तथा सञ्चारमन्त्री राम कार्कीको रेडियो नविकरण सम्बन्धी प्रस्ताव मन्त्री परिषद बैठकले पारित गरेको हो ।
यसअघि १ सय वाटसम्मका रेडियोको मात्र नविकरण जिल्लाबाट हुँदै आएको थियो । रेडियो सम्बन्धी विभिन्न संघ संस्थाले सबै रेडियोको नविकरण जिल्लाबाट नै गर्ने व्यवस्था मिलाउन माग गर्दै आएका थिए । रेडियोसँग सम्बन्धित विभिन्न संघसंस्थाले सरकारको अहिलेको निर्णयलाई स्वागत गर्दै सबै रेडियोको नविकरण जिल्लाबाट नै गर्न पाउने व्यवस्था भए सहज हुने बताएका छन् ।
सञ्चारमन्त्रीका सञ्चारविज्ञ राजेन्द्र किरातीले मन्त्रालयले सबै रेडियोको जिल्लाबाट नै नविकरण गर्ने पक्षमा नै आफूहरु रहेको र निकट भविष्यमै सो व्यवस्था गरिने बताए ।
सरकारले रेडियो नविकरण र तथा रोयल्टीमा भने केही वृद्धि गरेको छ । नयाँ सरकारकाे प्रस्तावमा वृद्धि नगरेर यसअघिकै प्रस्ताव पेश भएकोले त्यसको आधारमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
February 16, 2017