सगुन आईपिओमा लगानी गर्दा डुब्ने खतरा
काठमाडौं ४ फागुन । सगुन डटकमले सर्वसाधरणका लागि भन्दै ल्याएको मिनी आईपीओमा लगानीकर्ता डुब्ने खतरा देखिएको छ ।
सगुन डटकम दिर्घकालिन रुपमा फाइदामा जाने कुनै ग्यारेन्टी छैन भने र आफ्नो सेयर अमेरिकी स्टक मार्केटमा दर्ता भएर लगानीकर्ताले किनबेच गर्न समेत अप्ठ्यारो पर्ने देखिएको छ ।
यद्यपी, सगुनले मिनी आईपीओ निष्काशन गर्न अमेरिकाको नियमनकारी निकायबाट स्वीकृति प्राप्त गरेको र सबै कुरा राम्रा हुने र त्यसमा लगानीकर्ताको लगानी नडुब्ने प्रत्याभुति गर्दै आएको छ ।
सगुन कुनै पनि स्टकमा सुचिकृत नहुने र एकपटक पैसा हालिसकेपछि झिक्न नमिल्ने भएमा लगानी अलपत्र पर्ने सम्भावना रहने विज्ञहरु बताउँछन् । त्यसो त सगुन आफैंले तत्काल कुनै स्टकमा दर्ता नगर्ने तर भविष्यमा गर्ने उद्देश्य भने रहेको जनाएको स्पष्ट पारेको छ ।
विज्ञहरु भने सगुन जस्ता साइट हजारौं खुल्ने र बन्द हुँदै आएका कयौं उदाहरण रहेको भन्दै लगानी गर्न अगाडी सचेत हुनुपर्ने सुझाव दिन्छन् ।
विज्ञहरु भने सगुन जस्ता साइट हजारौं खुल्ने र बन्द हुँदै आएका कयौं उदाहरण रहेको भन्दै लगानी गर्न अगाडी सचेत हुनुपर्ने सुझाव दिन्छन् ।
सगुनले केही समय अगाडीदेखि सगुनको मिनि आईपिओ खुल्ला गरेको र उल्लेख्य लगानी आईरहेको जनाएको छ ।
प्रकाशित मिति:
February 15, 2017