भारत विरुद्ध यसरी खनियो वैद्य माओवादी, २० मा आठ प्रस्ताव भारतकै विरुद्ध
काठमाडौं १८ चैत
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको १४ र १५ चैतमा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बेैठक बस्यो ।
दोस्रो संविधाान सभा बहिस्कार गरेसँगै नयाँ संविधानको पनि विरोध गरेको वैद्य माओवादीको उक्त बैठकले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । माअाेवादीले चुनावको उपयोग गर्ने भन्दै उपाध्यक्ष सिपी गजुरेल नेतृत्वको मोर्चाका नामबाट निर्वाचनमा भाग लिने निर्णय हो ।
बैठकले २० बुँदे घोषणापत्र अर्थात प्रस्ताव पारित गरेको छ । जसमा भारतको खेदो खनिएको छ । २० बुँदे प्रस्तावमा ८ वटा प्रस्ताव भने भारतको विरुद्ध बैठकले पारित गरेको छ । जसमा गोविन्द गौतम, सिमाना, २५ बुँदे सहमति खारेजी लगायत विषय छन् ।
हेर्नुहोस् बैठकले भारत विरुद्ध पारित गरेका प्रस्तावहरु जस्ताको जस्तै:
- कञ्चनपुर जिल्लाको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको हत्या भएको छ । यो सामान्य हत्यामात्र नभई एक स्वतन्त्र मुलुकमाथि गरिएको सैन्य हस्तक्षेप पनि हो । यस घटनामा भारत सरकारलाई माफी मगाउन, पीडित परिवारलाई भारत सरकारबाट उचित क्षतिपूर्ती दिलाउन र गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही गराउन नेपाल सरकारले भारत सरकार समक्ष शिघ्र कुटनीतिक पहल गरोस् भन्ने यो विस्तारित बैठक माग गर्दछ ।
- नेपाल भारतका बीच रहेको खुला सिमानाका कारण नेपाली भूमीमा अतिक्रमण हुने गरेको र तस्करी तथा चोरी निकासी लगायत असामाजिक गतिविधी अनियन्त्रित रुपमा बढेको हुनाले यो विस्तारित बैठक उक्त खुला सिमानालाई नियन्त्रण आवश्यक भएको महसुस गर्दछ र यसका निम्ति नेपाल सरकारले भारत सरकारसंग तुरुन्त कुटनैतिक पहल गरोस् भन्ने जोडदार माग गर्दछ ।
- भारत भ्रमणका बेला प्रधानमन्त्री प्रचण्डले भारत सरकारसंग गरेको २५ बुँदे राष्टघाती सहमति खारेज गर्न यो विस्तारित बैठक नेपाल सरकारसंग जोडदार माग गर्दछ साथै त्रिभुवन विमास्थलमा भारतीय एयर मार्शललाई बास बस्न दिने निर्णय तत्काल खारेज गरियोस् ।
- माथिल्लो कर्णाली, अरुण तेश्रो, कोशी उच्च बाँध लगायतका राष्ट्रघाती परियोजनाहरु खारेज गर्न र राष्ट्रको हितमा हुने गरी उक्त परियोजनाहरुलाई अगाडि बढाउन यो विस्तारित वैठक जोडदार माग गर्दछ ।
- भारत सरकारले बिराटनगरमा जबर्जस्ती स्थापना गरेको महावाणिज्य दूतावासलाई हटाउन नेपाल सरकारले तुरुन्त कुटनैतिक पहल गरोस् भनी हाम्रो विस्तारित वैठक सरकारसंग जोडदार माग गर्दछ ।
- भारत सरकारले अपरेशन ग्रीन हन्टका नाममा आदिवासी उत्पीडित जनतामाथि चलाएको सैन्य अभियानप्रति हाम्रो विस्तारित बैठक घोर भत्र्सना गर्दछ । भारतको माओवादी आन्दोलन राजनीतिक आन्दोलन भएको हुनाले अपरेशन ग्रीन हन्टलाई विना सर्त रोक्न र माओवादीले उठाएका विषयको राजनीतिक समाधान खोज्न यो विस्तारित बैठक भारतीय सरकारसंग माग गर्दछ ।
- यही गत मार्च ७, २०१७ का दिन महाराष्ट्र, गाडचिरोली जिल्ला अदालतले दिल्ली विश्व विद्यालयका प्राध्यापक जि एन साईबाबा लगायत अन्य ४ जना क्रान्तिकारीलाई आजीवन कारावाशको सजाय सुनाएको छ । जीवनभर ह्विल चेयरको साहारामा हिंडडुल गर्ने ९० प्रतिशत अपाङ्ग साईबाबाका कारण भारतको आन्तरिक सुरक्षामा गंभीर खतरा पैदा भएको भन्ने हास्यास्पद तर्क अगाडि सारेर उक्त सजाय सुनाएको हो । भारतीय अदालतको यो वैचारिक असहिष्णुता र घोर अमानवीय निर्णयको हाम्रो पार्टीको यो विस्तारित बैठकले घोर भत्र्सना गर्दछ र वहाँ लगायत सबैलाई विना शर्त रिहाई गर्न भारत सरकारसंग जोडदार माग गर्दछ ।
- मे २५, २०१० मा तस्करहरु समात्ने नाममा नेपाली भूमिमा प्रवेश गरी भारतीय एसएसबीको गोली लागी मृत्यु भएका बयरबना, अमही बरियाती–७, मोरङ्गका बासुदेव शाहलाई शहीद घोषणा गरियोस भन्ने यो विस्तारित बैठक विशेष माग गर्दछ ।
प्रकाशित मिति:
March 31, 2017