कांग्रेस बैठकमा चर्काचर्की, शेखर कोइरालालाइ बाइपास गरेपछि विवाद उग्र
काठमाडौं १३ चैत
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्काचर्की भएको छ । सानेपास्थित विपी स्मृति भवनमा जारी केन्द्रीय समिति बैठकमा पार्टीभित्र नेताहरुको बरियताको विषयमा विवाद उत्पन्न भएको हो ।
सभापति देउवाले पदाधिकारीसहितको वरिष्ठताको आधारमा २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दा केन्द्रीय सदस्य डा. शशांक कोइरालालाई नै आउट गरेपछि विवाद उत्पन्न भएको हो ।
कोइरालाले कार्यसम्पादन समितिमा आफूसहित केही नेताहरु नपरेको भन्दै नेताहरुको वरियताक्रम तोक्ने काम हचुवामा भएको ठोकुवा गरे । 'मभन्दा जुनियर साथीहरु कार्यसम्पादन समितिमा पर्ने तर म चाहिँ किन नपरेको ?’ कोइरालाले बैठकमा भने ।
सभापति देउवाले २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको प्रस्ताव गरेपछि बोलेका कोइरालाले आफू पार्टीको ११ औं महाधिवेशनबाट केन्द्रीय समितिमा लगातार रहँदै आएको भन्दै आफू भन्दा पछि केन्द्रीय सदस्य भएकाहरु आफूमाथि माथिको वरियता र कार्यसम्पादन समितिमा परेको भन्दै आपत्ति जनाएका थिए ।
प्रकाशित मिति:
March 26, 2017