उपेन्द्र यादवको फोरम र चुरेभावरको पनि खोटाङमा दल दर्ता
खोटाङ १३ चैत
जिल्लामा दर्ता भएका दलहरु |
यसरी, दल दर्ता गर्नेमा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्तारुढ दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रतिपक्षी नेकपा एमाले रहेका छन् । अशोक राईले नेतृत्व गर्दै आएको तर उपेन्द्र यादव नेतृत्वको फोरमसँग पार्टी एकता गरेपछि बनेको संघीय समाजवादी फोरम नेपालले पनि निर्वाचनका लागि जिल्लामा नाम दर्ता गरेको छ । नयाँ संविधान र स्थानीय तहको निर्वाचनको विरोध गर्दै आएको फोरमले पनि दल दर्ता भने गरेको हो ।
यस्तै, मधेस केन्द्रित दल चुरेभावर लोकतान्त्रिक पार्टीले पनि जिल्लामा दल दर्ता गरेको छ । जिल्लामा चुरेभावरको खासै प्रभाव रहेको छैन ।
यसैगरी, नेकपा माले, खम्मुवान राष्ट्रिय मोर्चा नेपाल, नयाँ शक्ति पार्टी, जनसमाजवादी पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, ग्रीन पार्टीले जिल्लामा दल दर्ता गराएका छन् ।
प्रकाशित मिति:
March 26, 2017