ट्रम्पको परिवारवाद मोह- छोरी सहयोगी, ज्वाई सल्लाहकार
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुत्री इभान्का ट्रम्प आधिकारीक रुपमै ट्रम्प प्रशासनमा राष्ट्रपतिका सहयोगीको रुपमा बेतलवी कामदारको रुपमा आवद्ध हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
अमेरिकी पहिलो छोरी इभान्काले आफ्नो अनौपचारिक क्षमताबाट यसअघि पनि राष्ट्रपति कार्यालयमा सेवा गर्ने सोचको प्रारम्भिक योजनालाई नैतिकता विशेषज्ञहरुको व्यापक आलोचना गरेका थिए ।
बुवाको सहयोगीको रुपमा नियुक्त हुन लागेकी ३५ बर्षे इभान्काका श्रीमान जारेड कुसरन पनि राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार हुन् । आजको नागरिकले यो खबर छापेको छ ।
प्रकाशित मिति:
March 31, 2017