पत्रकार महासङ्घ काठमाडौँ ताला
काठमाडौँ, १७ वैशाख । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा फेरि ताला लगाइएको छ ।
अधिवेशन भएको एक हप्तापछि पुनः केन्द्रीय पार्षद चयनमा असन्तुष्ट जनाउँदै आइतबार ताला लगाएका हुन् ।
नेपाल प्रेस युनियन काठमाडौँका अध्यक्ष नकुल अर्यालले पार्षद चयनमा व्यावसायिक पत्रकारलाई पाखा लगाएकाले ताला लगाइएको बताए ।
‘‘राजनीतिक आस्थाका आधारमा योग्यता पुगको व्यावसायिक पत्रकारलाई पार्षद बन्न वञ्चित गरिएको छ’’ उनले भने– ‘‘केन्द्रीय पार्षदका लागि आवेदन दिएका पत्रकारलाई प्रदेश पार्षद चयन गरिएको छ । यो सरासर महासङ्घको विधान विपरीत भयो ।’’
नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस सोसाइटी नेपाललगायत छवटा पत्रकार आवद्ध सङ्घसंस्थाले ताला लगाएका हुन् ।
यही वैशाख १० गते नेपाल पत्रकार महासङ्घ काठमाडौँको अधिवेशन भएको थियो ।
प्रकाशित मिति:
April 30, 2017