चितवन कांग्रेसले आयोगलाई दोष देखाउँदै भन्यो, 'पुनः मतदान गरियोस्'
भरतपुर १५ जेठ
नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा पुनः मतदान गर्न माग गरेको छ । मध्यराती मतपत्र च्यातिएसँगै कांग्रेस चितवनका सभापति जीवनारायण श्रेष्ठले विज्ञप्ति जारी गरेर मतगणना प्रक्रियालाई व्यवस्थित गर्न नसकै कारण घटना घटेको भन्दै पुनः मतदान गर्न माग गरेको छन् ।
निर्वाचन आयोगमा मतगणना प्रक्रियालाई व्यवस्थित गर्न पटक पटक आग्रह गर्दा समेत व्यवस्थित नगरिएको कारण उक्त घटना हुन पुगेको कांग्रेसले दाबी गरेको छ ।
‘घटनाको सत्य तथ्य जनसक्ष ल्याउन र दोषीमाथि अविलम्ब कारबाही गर्न र उक्त वडा नं) १९ को मत परिणामलाई असर गर्ने गरी मतपत्र च्यातिएको हुँदा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुन मतदान प्र्रक्रिया सुचारु गर्न समेत जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति:
May 29, 2017