हेटौँडा १४ मा माओवादी र १५ मा काँग्रेस विजयी
हेटौँडा, ८ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नं १४ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।
वडा अध्यक्षमा माओवादीका दीपक खड्काले एक हजार २०३ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सानु थिङले ६४१ मत ल्याए ।
यसैगरी वडा नं १५ को वडाअध्यक्षमा नेपाली काँग्रेसका महारत्न लामा विजयी भएको छ । वडाअध्यक्षमा विजयी लामाले एक हजार ३४३ मत ल्याए भने उनका प्रतिद्वन्द्वी एमालेका सुनिल मोक्तानले एक हजार २८८ मत ल्याए ।
त्यस्तै वडा सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति:
May 22, 2017