प्रधानमन्त्री प्रचण्डद्वारा पदबाट राजीनामा, इमान्दारिताको खडेरी तोड्न राजीनामा दिएको भनाई
काठमाडौँ, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री कार्यालयबाट बुधबार अपराह्न देशबासीका नाममा सम्बोधन गर्दै उनले आजै प्रधानमन्त्री पदबाट राजीनामा गरेको घोषणा गरेका हुन् । साथै उनले आफूले तत्काल राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने घोषणा पनि गरे ।
नेपालको राजनीतिमा लामो समयदेखि ‘नैतिकताको खडेरी’ पर्दैआएको पृष्ठभूमिमा आफूले नेपाली काँग्रेससँग गरेको समझदारी अनुसार राजीनामा गरेको उनले बताए ।
गत वर्ष साउन २० गते नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सहित अन्य दलसँगको समर्थनमा उनी प्रधानमन्त्री भएका थिए ।
प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेपनि एमालेले संसद चल्न नदिने चेतावनी दिएपछि सिंहदरबारमा देशबासीका नाममा सम्बोधन गरेर राजीनामा दिएका हुन् ।

प्रकाशित मिति:
May 24, 2017