गोर्खाल्याण्ड आन्दोलन दबाउन बंगाल सरकारद्धारा इन्टरनेट बन्द
काठमाडौं ६ असार । गोर्खाल्याण राज्यको माग गर्दै पश्चिम बंगालको दार्जिलिङ र आसपासमा आन्दोलन चर्केर गएपछि त्यहाँको सरकारले इन्टरनेट बन्द गर्ने नीति लिएको छ ।
अनिश्चितकालीन बन्द र प्रदर्शनलाई दबाउन बंगाल सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई पत्र लेखेरै सेवा बन्द गर्न निर्देशन दिएको छ ।
बंगाल सरकारले इन्टरनेटको कारण हिंसा भड्कने भन्दै सेवा बन्द गर्न निर्देशन दिएको हो ।
सरकारको इन्टरनेट बन्द गराउनको कामलाई गोर्खा जनमुक्ति मोर्चाले भने राज्य आतंकको संज्ञा दिएको छ ।
आन्दोलनकारीले फोटो र भिडियो मार्फत सूचना प्रवाह भएपछि आन्दोलनलाई दबाउन सरकारले यस्तो कार्य अघि सारेको हो ।
बंगाल सरकारले दार्जिलिङर आसपासमा आइतबारसम्म तीनजना भन्दा बढी भेला नहुन आदेश दिए पनि दैनिक प्रदर्शन भइरहेको छ ।
प्रकाशित मिति:
June 20, 2017