पत्रकारलाई उपचारमा छुट
पोखरा, ६ असार । गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालि पोखराले नेपाल पत्रकार महासङ्घका सम्पूर्ण सदस्यलाई उपचारमा पाँचदेखि ५० प्रतिशतसम्म सहुलियत दिने भएको छ ।
पत्रकार महासङ्घको परिचयपत्रको आधारमा प्रदान गरिने सो सेवाअन्तर्गत जनरल बेडमा निःशुल्क, क्याबिन र ओपिडी तथा इमर्जेन्सी टिकटमा ५०, ल्याब परीक्षणमा २५, युएसजी एक्सरे, ओटी चार्जमा २० एवम् एमआरआई, फार्मेसी, दाँतको उपचार र इसिजी सेवामा पाँच प्रतिशत सहुलियत दिने भएको हो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले पत्रकारको उपचारमा सम्झौता कोसेढुङ्गा सावित हुने बताउँदै कास्कीमा सम्झौता भएपनि मुलुकभरिका पत्रकार महासङ्घका सदस्यले तोकिएको सुविधा प्राप्त गर्ने जानकारी दिए ।
गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले एक वर्षका लागि सम्झौता गरिएको जानकारी दिँदै आगामी दिनमा समेत पत्रकार र परिवारका लागि समेत थप सुविधा प्रदान गर्ने बताए ।
उनका अनुसार ३०० श्ययाबाट सेवा सुुरु गरेको गण्डकी मेडिकल कलेजमा हाल ५५० श्ययाबाट स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । यसमध्ये २० आइसियु, पाँच एसआइसियु, १० पोस्ट अपरेटिभ वार्ड, आठ श्ययाको पिआइसियु, २१ श्ययाको एनआइसियु तथा ४४ श्ययाको विशिष्ट क्याबिन रहेको छ ।

प्रकाशित मिति:
June 20, 2017