भरतपुरमा पुनः मतदान गर्ने आदेश, जिल्ला निर्वाचन अधिकृतले मिति तोकेपछि निर्वाचन हुने
काठमाडौं १५ साउन । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउन आदेश दिएको छ ।
मतपत्र च्यातिएको दुई महिनापछि अदालतले यस्तो आदेश जारी गरेको हो । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय सदर गर्दै भरतपुरको १९ नम्वर वडामा पुनः मतदान गराउन आदेश दिएको छ ।
मतगणना अन्तिम चरणमा पुगेको समयमा माओवादी केन्द्रका प्रतिनिधिले ९० मत च्यातेपछि भरतपुरको मतगणना रोकिएको थियो ।
अब जिल्ला निर्वाचन अधिकृतले मिति तय गरेपछि त्यहाँ पुनः मतदान हुने भएको छ । भरतपुरको वडा १९ को मतपत्र च्यातिएको थियो भने २० वडाको गन्न बाँकी छ ।

प्रकाशित मिति:
July 30, 2017