खोटाङमा ६० प्रतिशत रोपाईं सकियो
असार २८ । खोटाङमा यो बर्षको असार सकिनै लाग्दा ६० प्रतिशत धान रोपाईं सकिएको छ ।
स्थानीय तहको दोश्रो चरणमा सम्पन्न भएको निर्बाचनका कारण रोपाईंमा केही बाधा पुगे पनि अनुकुल मौसमको कारण सहज ढंगबाट रोपाईं भईरहेको जिल्ला कृषि बिकास कार्यालयका वरिष्ठ कृषि बिकास अधिकृत श्यामप्रसाद घिमिरेले बताउनुभयो ।
घिमिरेका अनुसार समयमै बर्षा शुरु भएको कारण धान रोपाईंका लागि गत बर्षहरुको तुलनामा यो बर्ष मौसम अनुकुल मानिएको छ ।
करिब १० हजार हेक्टर क्षेत्रफलमा बर्खे धान खेति हुने गरेकोमा बार्षिक १५ हजार मेट्रिक टन धान जिल्लामा उत्पादन हुने गरेको कृषि बिकास कार्यालयले जनाएको छ । उन्नत बीउको प्रयोग, खेति प्रबिधीको आधुनिकीकरण आदिका कारण पछि पछिल्लो समय बर्षेनी धान उत्पादनमा बृद्घि हुँदै आएको जनाईएको छ ।
किसानहरु ब्र्षाका अलवा हिउँदे धान खेतिमा समेत आकर्षित बन्न थालेका छन् । जिल्लामा यो बर्ष पनि धान उत्पादनमा बृद्घि हुने देखिएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:
July 12, 2017