निर्वाचित जनप्रतिनिधिले नै मत बिगारे
रामधन राई
खोटाङ २८ असार । खोटाङको लामिडाडाँ गाउँ कार्यपालिकाका लागि गरिएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिकै मत बदर भएको पाईएको छ ।
कार्यपालिकाको अल्पसंख्यक तथा महिला प्रतिनिधि चयनका लागि सोमबार सम्पन्न निर्वाचनको अल्पसंख्यकको मत गणना गर्ने क्रममा एक मत बदर भएको पाईएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदवारी दिएको उक्त कार्यपालिकाका लागि अल्पसंख्यकको धर्मबहादुर परियार र रिजन भुजेल निर्वाचित भएका छन् ।
कांग्रेसको उम्मेदवारले ९/९ मत ल्याएका थिए भने एमालेले १८/१८ मत प्राप्त गरेका थिए । यस्तै महिलामा पनि एमालेकै निर्मला विक, लक्ष्मीदेबी पाण्डे, बलमायाँ राई र पुण्यकुमारी राई निर्वाचित भएका छन् । महिलामा कांग्रेसले १०/१० मत र एमालेले १८/१८ मत प्राप्त गरी बिजयी भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो ।
जिल्लामा सम्पन्न स्थानीय तहको निर्बाचनमा ८ दशमलब ३ प्रतिशत मत बदर भएको थियो ।
प्रकाशित मिति:
July 12, 2017