एकैचोटी दुई निर्वाचन किन ? यसो भन्छन् हेडक्वार्टर सदस्य सापकोटा
अग्नि सापकोटा, हेडक्वार्टर सदस्य, नेकपा माओवादी केन्द्र
त्यसैले एकैचोटी प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्दछ । एकैचोटी निर्वाचन गर्दा आर्थिक रुपमा पनि देशलाई फाइदा हुन्छ । जनतालाई पनि दुई पटक भोट हाल्न गइरहनु, पार्टी कार्यकर्तालाई दुई पटक चुनाव प्रचार प्रसार गरिरहनु भन्दा एकै पटक गर्दा सहज र सुविधा हुन्छ । त्यसैले देशलाई आर्थिक हिसाब र जनतालाई सहुलियतका हिसाबले यो एकै पटक गर्नुपर्दछ ।
राजनैतिक दलमा सहमति भयो भने अरु सबै जटिलता मिल्छ । यसो गर्ने हो भने जनताको हितमा नै हुन्छ । सरकारले अठोट गर्यो भने र निर्वाचन आयोगले चाहने हो भने यो सम्भव छ । मानव संशोधनको हिसाबले कुनै कमी छैन । (कुराकानीमा आधारित)
प्रकाशित मिति:
August 01, 2017