एमाले त भुसुनो जतिको पनि हैन : प्रचण्ड
काठमाडौं ३ भदौ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले पार्टी भुसुनो जतिको पनि नभएको बताएका छन् ।
अहिलेसम्म भएका परिवर्तनका आन्दोलनमा एमालेको कुनै पनि भूमिका नभएको भन्दै उनले एमालेलाई भुसुनो जतिको पनि मान्न नसकिने बताए ।
एमाले नेतामा बाहिर भन्ने र भित्र गर्ने दुईखाले चरित्र रहेको उल्लेख गर्दै उनल एमालेलाई आफूले कहिल्यै ठूलो नदेखेको पनि बताए । प्रचण्डले राजनीतिक परिवर्तनमा एमालेले झिँगासम्म पार्न नसकेको भन्दै भुसुनो पनि मान्न नसकिने बताए । 'एमालेले गरेको के छ ? एउटा झिंगासम्म मारेको छैन। एमालेले गर्दा देशमा यो राजनीतिक परिवर्तन भयो भन्ने केही छैन। भनेपछि हामीले एमालेलाई ठूलो किन देख्ने रु मै त देख्दै देख्दिनँ' माओवादी समर्थक पत्रकारहरुको भेलाको उदघाटनमा शुक्रबार उनले भने।
एमालेले हामीलाई कमजोर पारेर मात्र आफ्नो भविष्य देख्न खोजेपछि ऊसँगको सहकार्य तोडेका भन्दै उनले कांग्रेससँगको अहिलेको सहकार्यको रणनीतिक अर्थ रहेको बताए ।

प्रकाशित मिति:
August 19, 2017