प्रचण्डको काँग्रेससँग कुरा मिल्छ, उहाँले काँग्रेससँग एकता गरे हुन्छ : मोहन वैद्य

क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने– “प्रचण्ड कम्युनिष्ट होइनन् तर कम्युनिष्ट भएको नाटक गर्न सिपालु छन् ।”
अध्यक्ष वैद्यले नेपालका कम्युनिष्टले वामको आवरणमा कम्युनिष्टको नाम भजाएर कम्युनिष्टकै बद्नाम गरिरहेको चर्चा गर्दै माओवादी केन्द्रसँग आफ्नो पार्टीको कुनै पनि हालतमा एकता नहुने प्रष्ट पारे ।
“प्रचण्डको काँग्रेससँग कुरा मिल्छ, उहाँले काँग्रेससँग एकता गरे हुन्छ”– वैद्यले भने – “सच्चा क्रान्तिकारीबीच एकता र धु्रवीकरण हुनेभएकाले यसका लागि मसाल, विप्लवसँग छलफल चलिरहेको छ ।”
अध्यक्ष वैद्यले उत्पीडकबाट उत्पीडित जनतामा राज्यसत्ता आए मात्रै वास्तविक जनताको शासन सत्ता आउने र त्यसले मात्र जनताको अधिकार सुनिश्चित हुने बताउँदै पार्टी मुलुककै वैकिल्पक शक्तिका रुपमा उदयमान हुने दाबी गरे ।
प्रकाशित मिति:
September 16, 2017