वडा अध्यक्ष उम्मेदवारको निधन
राजविराज, ३१ भदौ । राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का लागि वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको शनिबार साँझ निधन भएको छ ।
साविकको देउरी भरुवा गाविस, हाल राजविराज–१५ बस्ने ६५ वर्षीय यादव रक्त क्यान्सरबाट पीडित थिए। उनको घरमै निधन भएको राजपा नेपालका महासचिव मनिष कुमार सुमनले जानकारी दिए ।
यही असोज २ गते सोमबार प्रदेश नं २ अन्तर्गत सप्तरीमा हुने स्थानिय तह निर्वाचनका लागि उहाँले राजविराज नगरपालिका–१५ बाट राजपा नेपालका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका थियो ।
२०५४ सालमा साविकको देउरीभरुवा गाविसमा नेकपा (एमाले) को तर्फबाट उनी वडा अध्यक्ष निर्वाचित भएका थिए ।
प्रकाशित मिति:
September 16, 2017