नेपाल आइडलमा यस हप्ता एसएमएस 'फ्री' मा
काठमाडौं २१ भदौ
म्युजिकल रियालिटी सो नेपाल आइडलले भोटिङका लागि पैसा नलाग्ने जनाएको छ ।
गत साता आइडलले कुनै पनि प्रतियोगिलाई एलिमेसन नगरेपछि आइडल कमाउ भन्दामा लागेको भन्दै चौतर्फी आलोचना भएपछि यस साता एसएमएस गर्दा पैसा नलाग्ने घोषणा गरेको हो । पाँच जनासम्मलाई भोट गर्दा पैसा निशुल्क रहने नेपाल आइडलको आयोजकले जनाएको छ ।
‘सामाजिक संजालहरुमा देखिएको जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको एसएमएस व्यवस्थाका साथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्था समेत गरेको छ ।' नेपाल आइडलको फेसबुक पेजमार्फत जारी सूचनामा भनिएको छ ।
हेर्नुहोस् सूचना
प्रकाशित मिति:
September 06, 2017