सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन
इनरुवा, ६ कात्तिक । सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन रहेको पाइएको छ ।
जिल्लाका आधारभूत तहका प्राथमिक विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नभएका कारण शिक्षक अभाव रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा २०६५/६६ मा दर्ता भएका अधिकांश विद्यालय शिक्षक दरबन्दी अभाव रहेको हो ।
अधिकांश विद्यालयमा दरबन्दी अभावमा पठनपाठन हुन छोडेको छ भने केही विद्यालयले छात्रवृत्ति, भौतिक पूर्वाधारको कमिसन, खाजा कार्यक्रम, पाठ्यक्रमलगायतका शीर्षकबाट विद्यालय सञ्चालन गरिरहेका छन् ।
यहाँका विद्यालय विद्यार्थी लक्षित नभएर व्यक्तिगत स्वार्थका लागि खुलेकाले यतिबेला समस्यामा परेको सहायक जिल्ला शिक्षा अधिकारी टेकनाथ रेग्मीले जानकारी द्एि ।
प्रकाशित मिति:
October 23, 2017