'लिलिबिली'को युरोप छायांकन सकियो, बाँकी सिन नेपालमै
पौष १४, काठमाडौं
काफिया फिल्मस, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भैरहेको फिल्म 'लिलिबिली'को युरोप छायांकन सकिएको छ। युवा पुस्तामा चर्चित नायक प्रदीप खड्का र नायिका प्रियंका कार्की, जसिता गुरुङ र अनुपविक्रम शाही लगायतका कलाकारको मुख्य भुमिका रहेको चलचित्रको बाँकी छायांकन नेपालमा नै हुने भएको छ ।
लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुलमा पुगेर फिल्मको युरोप इन्डक्ल्याप भएको हो। स्थानबुलमा भने प्रदीप खड्का र प्रियंका कार्कीको फिचरिङ रहेको गीतको छायांकन भएको थियो । मिलन चाम्स निर्देशित सिनेमा नेपाली नयाँ वर्षको अवसर पारेर चैत ३० मा रिलिज हुदैछ।
प्रकाशित मिति:
December 29, 2017