हुम्ला- प्रतिनिधिसभामा स्वतन्त्र, प्रदेश ‘क’ मा एमाले विजयी
हुम्ला, २२ मंसिर । जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् ।
लामाले ८ हजार ४९१ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गरे ।
यस्तै, प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिए ।
प्रकाशित मिति:
December 08, 2017