ललितपुर ३ मा १६ घण्टापछि पम्फाले लिइन् अग्रता
ललितपुर २२ मंसिर
ललितपुर क्षेत्र नम्बर तीनमा वाम गठबन्धनले अग्रता लिएको छ । वाम गठबन्धनका तर्फबाट प्रतिनिसभा सदस्यकी साझा उम्मेदवार पम्फा भुसालले कांग्रेस उम्मेदवार मदन अमात्यलाई पछाडी पारेकी हुन् ।
लगातार १६ घण्टासम्म अमात्यले अग्रता लिएपनि पछिल्लो पटक अमात्य पछि परेका छन् । पछिल्लो मतपरिणाम अनुसार ८ हजाार ९ सय ६९ मत भुसालले पाएकी छिन् भने अमात्यले ८ हजार ७ सय ९७ मत ल्याएर पछ्याईरहेका छन् ।
प्रकाशित मिति:
December 08, 2017