पूर्व छापामार बनिन् जननिर्वाचित पहिलो महिला सांसद, को हुन् त उनी !
काठमाडौं २२ मंसिर
रोल्पाकी कमला रोका सानै उमेरमा पढाई छाडेर माओवादी आन्दोलनमा लागिन् । पूर्व छापामार रोका १० गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ राेल्पा (पुर्व) बाट साझा उम्मेदवार बनिन् ।
सोही निर्वाचनको मतगणना अनुसार रोका संविधान जारी पछि भएको निर्वाचनमा निर्वाचित हुने पहिलो प्रतिनिधसभातर्फ जनप्रतिनिधि अर्थात पहिलो महिला सांसद बन्न सफल भएकी छिन् । १० वर्षे सशस्त्र संघर्षमा उनी थुप्रै युद्धमा उनी सहभागी बनेकी थिइन् ।
माओवादी केन्द्रकी नेतृ रोकाले १० हजार ४ सय ३४ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिद्धन्द्धि हरिशंकर घर्तीमगरले ४ हजार ४ सय ६ मत ल्याउन सफल भए । कमला रोकाको जन्म २०३२ साल पुस २० गते भएको थियो । चार सन्तान मध्येकी जेठी छोरी कमला यसअघि सांसद बन्दै मन्त्री समेत बनिसकेकी छिन् । रोका पूर्व आपूर्तिमन्त्री एवम् पूर्व वाईसीएल अध्यक्ष गणेशमान पुनकी श्रीमती हुन् ।
प्रकाशित मिति:
December 08, 2017