महिला उम्मेदवारले मागे सामूहिक रुपमा भिडियोमार्फत समानुपातिकमा भोट
ललितपुर १८ मङ्सिर । दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा माओवादी केन्द्रका समानुपातिक महिला उम्मेदवारहरुले एक भिडियो सार्वजनिक गर्दै सामुहिक रुपमा भोट मागेका छन् ।
ललितपुर जिल्लाबाट समानुपातिक उम्मेदवार सिफारिस भएका माओवादी केन्द्रका महिला नेतृहरुले राजनैतिक स्थायित्व कायम गर्न र आर्थिक सम्वृद्धि हासिल गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न वाम गठबन्धनले जित्नु पर्ने भन्दै सामुहिक मत मागेका हुन् ।
माओवादी केन्द्रबाट प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवार शशी श्रेष्ठ, प्रदेश सभाका उम्मेदवारहरु रामकुमारी श्रेष्ठ रुवी, पदमा राइ र रन्जना पौडेलले माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडामा मतदान गर्न आम मतदातालाई अनुरोध गर्दै उक्त भिडियो सार्वजनिक गरेका हुन् । उनीहरुले सबै प्रकारका उत्पीडनको अन्त्य गर्दै महिला हकहित र अधिकारका लागि माओवादीलाई मत दिन आग्रह गरे ।
बैदेशिक हस्तक्षेपको अन्त्य गरि राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउन वामपन्थी शक्तिहरुले जित्नुपर्ने उनीहरुको भनाइ छ ।
सामाजिक न्याय, मुलुकको सम्वृद्धि र राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै नया इतिहास रच्ने आजको एतिहासिक आवस्यकता हो भन्दै उनीहरुले अहिलेको निर्वाचनलाइ सामान्य रुपमा बुझ्न नहुने बताए । वाम गठबन्धनको विजयले मात्र प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकार प्राप्तिको ढोका खुल्ने उनीहरुको भनाइ छ ।
अहिलेको परिवर्तनलाई सस्थागत गर्दै मुलुकको सम्वृद्धिको नेतृत्व वामपन्थीहरुले मात्र गर्न सक्ने भन्दै वाम गठबन्धनको एउटा प्रमुख दल माओवादी केन्द्रलाई मत दिन उनीहरुले अनुरोध गरे । राजनैतिक स्थायित्व र आर्थिक सम्वृद्धि आजको मूलमन्त्र हो भन्दै उनीहरुले वाम गठबन्धनले निर्वाचन जिते मुलुकले समाजवादको यात्रा तय गर्ने बताए ।
भिडियो हेर्नुहोस्
प्रकाशित मिति:
December 04, 2017