भारतद्वारा सिमा मिचिएको ठाउँमा बामका युवा, समाधान खोज्न सरकारसंग माग
काठमाण्डौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी भारतद्वारा मिचिएको वीरगञ्जस्थित छपकैया सिमामा पुगेका छन् । भारतीय पक्षले नेपाली भूमि मिचेको उनीहको ठहर छ ।
अनेरास्ववियूकी अध्यक्ष नबिना लामा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले एक विज्ञप्ति जारी गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १ स्थित छपकैयामा नेपाली भूमि मिछेर सीमा स्तम्भ गाडिएको अवलोकनका क्रममा पाइएको उल्लेख गरेका छन् ।
अवलोकनको क्रममा स्तम्भ ३९१ देखि ३९३ सम्म करीब १३८ फिटको दरले ३ किलोमिटरसम्म ठाउँठाउँमा नेपाली भूमि मिचिएको देखिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा ऐतिहासिक आधार, भूमिको भोगचलन लगायतका प्रमाणित आधारहरुलाई लत्याएर बनाइएको र गुमहराममा राखिएको स्ट्रि म्यापको अबिलम्ब पुनरावलोकन गर्न, हाल भइरहेको सीमा स्तम्भ निर्माण कार्य तत्काल रोक्न र कुटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न सरकार र सरोकारवाला निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति:
January 21, 2018