नेपाली काँग्रेससँग तालमेल गर्नु नै पराजयको कारण हो : राप्रपा
पौष १९ काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश नेताले नेपाली काँग्रेससंग तालमेल गरेकै कारण पार्टीले पराजय भोग्नु परेको निचोड निकालेका छन् । राप्रपाले आज आयोजना गरेको वैठकमा बोल्ने अधिकांश नेताले पार्टीले प्रदेशसभा तथा प्रतिनीधी सभाको निर्वाचनमा कमजोर मतपरिणाम ल्याउनुको कारण नै तालमेल भएको बताएका हुन् ।
पार्टी प्रवक्ता भुवन पाठकले राष्ट्रिय प्रजातन्त्र पार्टी बोल्नुभएका नेताले प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थानमध्ये पाँच स्थानमा मात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम मतसीमा प्राप्त गर्न नसकेको विचार व्यक्त गरेका छन् ।
बुधबारदेखि जारी बैठकमा अहिलेसम्म ५८ नेताले धारणा राखेको र केही नेताले बोल्न बाँकी रहेकाले शुक्रबार बिहान ९ बजेसम्म बैठक स्थगित गरिएको छ ।
पार्टी विभाजन तथा आन्तरिक कलहका कारणले पनि जनताले पार्टीप्रति विश्वास कम गरेको र विभिन्न शीरामा विभाजित राप्रपामा मत बाँडिएको, पछिल्लो पटक पार्टी सरकारमा सहभागी हुनुका कारण पनि पराजय भोग्नु परेको समीक्षा गरिएको छ । सबै नेताले धारणा राखेपछि पार्टी अध्यक्ष कमल थापाले भोलि जवाफ दिने कार्यक्रम तय गरिएको छ ।
प्रकाशित मिति:
January 04, 2018