४ एमाले २ माओवादीलाई मुख्यमन्त्री हुने गरी मिलाउने गृहकार्य
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठन गरेको कार्यदलले राष्ट्रिय सभा सदस्यका उम्मेदवार, प्रदेश मुख्यमन्त्री तथा सभामुख उपसभामुखको विषय मिलाउनेबारे गृहकार्य अघि बढाएको छ ।
प्रारम्भिक गृहकार्य अनुसार राष्ट्रियसभामा ६०:४० कै आधारमा मिलाउने तयारी छ भने सात प्रदेशमध्ये ६ वटामा वाम गठबन्धनको बहुमत रहेकाले ४ वटा मुख्यमन्त्री एमालेलाई र २ वटा माओवादी केन्द्रलाई हुने गरी मिलाउने प्रारम्भिक तयारी गरिएको छ ।
प्रदेश १, ३, ४, ५ एमाले र ६ र ७ माओवादीको भागमा पर्नसक्ने सम्भावना छ । प्रदेश दुईमा भने वाम गठबन्धनको बहुमत आएको छैन ।
कार्यदल सदस्य तथा एमाले नेता सुवास नेम्वाङका अनुसार सिट बाँडफाँडमा प्रदेशगत रुपमा पार्टीको शक्ति, पार्टी एकताको भावना, सम्बन्धित पदको लागि व्यक्तिको योग्यता र सन्तुलनलाई मुख्य आधार बनाइएको छ ।
मुख्यमन्त्री बाँडफाँड गर्दा सम्बन्धित प्रदेशको जातीय सन्तुलनलाई पनि ध्यान दिइने कार्यदलले जनाएको छ । कार्यदलमा एमालेका ३ जना र माओवादी केन्द्रका तीन जना सदस्य छन् ।
प्रकाशित मिति:
January 13, 2018