यसरी भयो इजिप्टका पूर्व राष्ट्रपति मुबारकलाई आजीवन कैदको सजाँय (भिडियोसहित)

इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकलाई आजीवन कैद सजाँय सुनाइएको छ । राजनीतिक सुधारका लागि भएको जनप्रर्दन दवावउन आदेश दिएको अभियोग प्रमाणित गदै इजिप्टको विशेष अदालतले शनिवार मुबारकलाई कैद सजाँय गरेको हो ।
उनलाई करिव ८ सय नागरिकको हत्याको अभियोग प्रमाणित भएपछि जेल जानु पर्ने भएको हो । अस्वस्थ रहदै आएका मुबारक फैसला सुन्न हेलिकोप्टरबाट अदालत आएका थिए । सन् २०११ को फेब्रुअरीमा इजिप्टमा प्रदर्शन थेग्न नसकी पद छाड्न बाध्य भएका थिए ।
मुबारक जेल जाने खवर पाएपछि उनका सयौँ विरोधि अदालत परिशरमा जम्मा भएको अन्तर्राष्टिय सञ्चार माध्यमहरुले जनाएका छन् । मुबारकको पतनको १५ महिना पछि अघिल्लो महिना इजिप्टमा राष्ट्रपतिका लागि चुनाव भएको थियो । (एजेन्सीको सहयोगमा)
अल्जजिरा टेलिभिजनको सौजन्यमा भिडियो हेर्नुहोस :
प्रकाशित मिति:
June 02, 2012