पहाडे नेताको नेतृत्वमा 'राष्ट्रिय मधेस समाजवादी पार्टी'
असार १४ - आजबाट औपचारिक रुपमा पहाडे नेता शरतसिंह भण्डारीको नेतृत्वमा नयाँ मधेसी शक्तिको उदय भएको छ । भण्डारीको नेतृत्वमा 'राष्ट्रिय मधेस समाजवादी पार्टी' को घोषणा भएको हो ।
आज राजधानीमा आयोजित पार्टी घोषणा सभाबाट मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) छोडेका सरतसिंह भण्डारीले आफ्नै नेतृत्वमा नयाँ पार्टीको घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा भण्डारीले पार्टीको नाम र झन्डा सार्वजनिक समेत गरेका छन् ।
भण्डारीको नेतृत्व रहेको पार्टीमा १६ सदस्य रहेको तदर्थ समिति रहेको छ । पार्टीको झण्डा माथि आधा सेतो र आधा हरियो रहने छ ।
पहाडी नेताको नेतृत्वमा मधेसी पार्टीको गठन भएको यो पहिलो हो । भण्डारीले समेत पार्टीमा मधेसी समुदायको मात्र प्रतिनिधित्व नगराएर सम्पूर्ण नेपालीलाई अटाएर अगाडि बढाउँने बताएका छन् । उनले पार्टीको झन्डाले संघीयता, लोकतन्त्र, समावेशिता समृद्धि र समानता दर्शाउँने बताएका छन् । नयाँ पार्टीको विधान अनुसार पार्टी अध्यक्षले दुई कार्याकाल भन्दा बढी नेतृत्वमा बसीरहन पाउँने छैनन ।
नयाँ पार्टीको तदर्थ समितिको सदस्यमा प्रमोदप्रसाद गुप्ता, निलम बर्मा, रामानन्द मण्डल, कौशल कुमार यादव, ओमप्रकाश यादव, जयप्रकाश यादव, लक्ष्मण महतो लगायत रहेका छन् । भण्डारीको पार्टीको केन्द्रीय समिति ६१ सदस्यीय रहने बताइएको छ । पार्टीको केन्द्रीय समितिले केही दिन भित्रै पूर्णता पाउँने बताएका छन् ।

प्रकाशित मिति:
June 28, 2012