माओवादी फुट्ने लगभग पक्कापक्की, सिपीले भने- 'नयाँ नाम माओवादी नै' I
जेठ २७ - एकीकृत नेकपा माओवादीका वैद्य पक्षीय सचिव सिपी गजुरेलले आफूहरुलाई जंगल पसेर हतियार उठाउने हल्ला फिजाएको भन्दै उनले आफूहरु जंगल पसेर होइन, शहरमै बसेर राजनीतिक आन्दोलन थाल्ने बताएका छन् ।
गजुरेलले पार्टीमा चलिरहेको संघर्षले चाँडै नै नयाँ मोड लिने बताए ।
क्रान्तिकारी पत्रकार संघ मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले असार १ गतेको राष्ट्रिय भेलापछि क्रान्तिकारी छविका नेताहरुलाई समेटेर छुट्टै परिचयका साथ आउने समेत बताए ।
कार्यक्रममा उनले अर्को परिचय बोकेर आउने पार्टीको नाम पनि माओवादी नै रहने समेत उल्लेख गरे ।
यसरी उनले अर्को पार्टीको नाम नै भन्नुले अब चाँही माओवादी फुट्ने लगभग निश्चित भएको हो कि भन्ने चर्चा चल्न थालेको छ ।
प्रकाशित मिति:
June 09, 2012