इटालीले इङ्ल्यान्डलाई पाखा लगायो
असार १० - नेपाली समय अनुसार मध्यराति भएको युरो कप २०१२ को गएराति भएको खेल अन्तर्गत इटालिले इङ्ल्यान्डलाई पाखा लगाउन सफल भएको छ ।
अन्तिम क्वार्टरफाइनल खेलमा इङ्ल्यान्डलाई हराउँदै २-४ गोलको दुरीमा इटाली सेमिफाइनल पुगेको हो ।
खेलको ९० औं मिनेटसम्म दुवै टिमले गोल नगर्दा खेलमा अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा पनि दुबै पक्षले कुनै गोल नगर्दा खेल पेनाल्टीमा पुगेको थियो ।
पेनाल्टीमा इङ्ल्यान्डका दुई स्टार खेलाडी गोल गर्न चुके पछि इटाली खेल २-४ ले जितन सफल भएको हो ।
यसअघिको खेलमा पोर्चुगल, जर्मनी र स्पेनले सेमिफाइलन यात्रा सुरक्षित राखिसकेका छन् ।
प्रकाशित मिति:
June 25, 2012