चीन पहिलो पटक अन्तरिक्षमा I
असार ४ – विश्व शक्तिमानका रुपमा उदाउँदै गरेको उत्तर छिमेकी राष्ट्र चीनका तीन जना अन्तरिक्ष यात्रीहरू आज पृथ्वीको अन्तरिक्ष केन्द्रमा पहिलो पटक पुगेका छन् ।
दुई पुरुष तथा एक महिलाको यो अन्तरिक्षयात्रीको समूह तियागोङ–१ अन्तरिक्ष केन्द्रमा प्रवेश गरेका हुन् ।
चीनको राज्यद्वारा सञ्चालित टेलिभिजन सञ्जालले प्रत्यक्ष प्रसारण गरेको सो यात्रा पूरासँगै चीन पहिलो अन्तरिक्ष केन्द्रमा पुग्न सफलता हासिल भएको छ ।
अन्तरिक्ष पुग्ने यात्रीहरू शेन्झाउ–९ नामक अन्तरिक्षयानमार्फत त्यहाँ पुगेका हुन् । उक्त यान शनिबार पृथ्वीबाट प्रक्षेपण भएको थियो ।
उनीहरू चडेको विमान अन्तरिक्ष केन्द्रसँग मिलान भएपछि उक्त केन्द्रमा प्रवेश गरेका हुन् । चीनले अन्तरिक्षकेन्द्रमा विमान मिलान गरेको यो तेस्रोपटक हो र यो चीनको पहिलो मानवयुक्त अभियान हो ।
यो १३ दिने अभियानमा अन्तरिक्ष यात्रीहरूले अन्तरिक्ष यान मिलान कार्य आफैले गर्नेछन् । चीनले सन् २०२० सम्म अन्तरिक्ष केन्द्र निर्माणको कार्य सम्पन्न बताइएको छ ।
दुई पुरुष तथा एक महिलाको यो अन्तरिक्षयात्रीको समूह तियागोङ–१ अन्तरिक्ष केन्द्रमा प्रवेश गरेका हुन् ।
चीनको राज्यद्वारा सञ्चालित टेलिभिजन सञ्जालले प्रत्यक्ष प्रसारण गरेको सो यात्रा पूरासँगै चीन पहिलो अन्तरिक्ष केन्द्रमा पुग्न सफलता हासिल भएको छ ।
अन्तरिक्ष पुग्ने यात्रीहरू शेन्झाउ–९ नामक अन्तरिक्षयानमार्फत त्यहाँ पुगेका हुन् । उक्त यान शनिबार पृथ्वीबाट प्रक्षेपण भएको थियो ।
यो १३ दिने अभियानमा अन्तरिक्ष यात्रीहरूले अन्तरिक्ष यान मिलान कार्य आफैले गर्नेछन् । चीनले सन् २०२० सम्म अन्तरिक्ष केन्द्र निर्माणको कार्य सम्पन्न बताइएको छ ।
प्रकाशित मिति:
June 18, 2012