सुधिर सापकोटा - जर्मनीमा गठन गरिएको भनिएको अन्तर्राष्ट्रिय कलाकार मन्च गठनप्रति असहमति जनाउदै उपाध्यक्ष सन्तोष राज गुरुङबाट केन्द्रिय अध्यक्ष राम प्रसाद खनाल र युरोप अध्यक्ष निता श्रेष्ठलाई इमेल लेखी भण्डाफोर गरेका छन् ।
इमेलमा भनिएको छ - म यस अन्तरर्राष्ट्रिय कलाकार मन्च जर्मनी शाखाको उपाध्यक्षको नाताले केही मेरो मनमा लागेका जिज्ञासाहरु र आफ्नो बारेमा केही जानकारी गराउँदै छु । अन्तरराष्ट्रिय कलाकार मन्च जर्मनीको गठनको विषयमा कुरा उठाउदा हामीले धेरै कुरालाई ध्यान दिनु पर्ने हुन्छ किन कि जर्मनीमा नेपालीहरुको बसाइ यूकेपछी दोश्रो मानिन्छ यहाँ करीब २०,००० नेपालीहरु छरिएर रहेका छन । विभिन्न पेशा, ब्यवसाय र विद्यार्थी बस्ने गरेका छन र नेपालीहरु बहु धार्मिक बहु-भाषिक र बहु जातिय नेपालीहरु धेरै राम्रोसंग आपसी सम्बन्ध सदभाव बनाएर र एक अर्कामा धेरै सयोगको भावना सित विभिन्न सामाजिक संघ संस्थाहरुमा काम गर्ने गर्दछन । यहा करीव ४० वटा जती नेपाली सामाजिक संघ सस्था र नेपाली संघ संस्थाहरु सित मिलेर काम गर्ने अरु बिभिन्न जर्मन संघ संस्थाहरु पनि कार्यरत छन ।
तर कला र कलाकार सम्बन्धी आज सम्म कुनै नेपालीहरुको सोचाइ नपुगेको जस्तो देखिएकोछ । यस अवस्था अन्तर राष्ट्रिय कलाकार मन्च जस्तो पवित्र संस्थाको जर्मनीमा गठन हुनु भनेको जर्मनी बासी नेपाली कलाकारहरु र कला प्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको एउटा सुबर्ण मौका पाएको हो तर यो प्रकृयागत र यस संस्थाको बिधी बिधानको भावना र मर्मलाई आत्म साथ गर्दै अगाडि बढने बाटो बनाएको भए हामी जर्मनीमा धेरै स्वागत योग्य र प्रशंशाका पात्र बन्ने थियौ । सुरुमै कल, झग्डा, आरोप, प्रती आरोप, गुट उप, गुट र नेपालको फोहोरी राजनीतिको ढल यस कलाकार मन्चको गठनमा समाबेश हुनु जर्मनी बासी २०,००० नेपालीहरुमा दुर्भाग्यको अवस्था श्रीजना भएको मानिछ । गत ८ अप्रिल २०१२ का गिल्सनक्रिसनमा भन्ने ठाउमा एउटा सानो भेला बोलायो जो एक दम कम से कम समयको अन्तरालमा १ हप्ताको समयको ग्याप नगरि गरिएको थियो त्यसैमा पनि सानो सख्यामा त्यही वरी परीका साथीहरु जम्मा भएका थिए । किन धेरै साथीहरुको अनुपास्थिती रहेछ भन्ने मेरो बुझाईमा पछी मात्र थाहा हुन आयोको यो कुरा युरोपियन कलाकार मन्च महाशाखा जर्मनीबाट प्रतिनिधित्व गर्ने ३ जना र एक जना सल्लाहकार रहेछन। तिनीहरुको आपसमा राजनीतिकरण, गुट, उपगुट भएकोले नमिलेर आपसमा कटुक्ष रहेछ ।
सोही समयमा युरो एकल नाच प्रतियोगिता अन्तर राष्ट्रिय कलाकार मन्चले आयोजना गर्दै आएको थियो । १६ अप्रिल २०१२को दिन फ्रान्सको पेरिस शहरमा यो आयोजना गरिएको थियो। यस कारण एक थरी भन्छन यो कार्यक्रम सके पछी मात्र सबै जर्मन बासी कलाकार र कला प्रेमी साथीहरु को साथै सबै सामाजिक संघ संस्थाहरु जो यहा लगातार बर्यौ देखी कार्यरत छन सबैलाई एकै ठाउमा भेला भनाएर सबैको भावना लाई बुझेर एक पक्का कलाकारहरुको संगठन स्थापित गर्ने भन्ने तीन जनाको बिचार रहिछ। तेसैले ति तिन जनाको समुहले यो सानो भेलालाई बहिष्कार गरेका रहिछन भन्ने पछी मात्र थाहा पाए मैले र १ जनाको बिचार यही सानो भेला भए पनि हामी कलाकार नै हौ यती भए पुग्छ भन्ने रहिछ तर ८ अप्रिल २०१२ दिनको सुरुमा आज भेलामात्र भनेर भ्रम पारीयो। भेलाको सुरुमा मेरो प्रतिकृया थियो कि सबै कलाकार र कला प्रेमीहरुलाई समिटर अगाडि जाने भनेर म त्यहा गएको थिए तर यसो हुन सकेन श्रीमान यो एउटा माल पाएर चाल नएको जस्तो दुर्भाग्य भयो ।
त्यस ठाउमा मैले यही देखेकी घरबाट तयार गरेर लगेको नामलिस्ट रहिछ एक जना मित्रले सर सरी पढेर हामीलाई सुनाए र मैले उसै समयमा तुरुन्त यो प्रतिकृया दिएकी यो भएन जुन प्रतिनिधिहरुको नाम तपाईंले यहाँ हामीलाई पढेर सुनाउनु भयो यि न त कलाकार नै हुन न त कला प्रेमी नै भनेर प्रश्न मैले गरे तेस पछी लउ तपाईं धेरै नकराउनु हामी तपाईंलाई उपाध्यक्ष सम्म दिन सक्छौ भनेर भनियो तेस पछी मैले म अध्यक्ष कै उम्मेद्वार हु भने पछी तपाईंले हामीलाई समर्थन गर भने तर म चुप लागेर बसेको थिएन किन कि मैले समय पर्खि राखेको थिए। आज मलाई यस बिषयमा सानो दुखेशो हजुरसित गर्दै छु।
मलाई कुनै पद चाहिदैन म कुनै पदको लालची पनि छैन तर वास्तविक कलाकार कुन हुन र यो कलाकार मन्च हामी सबै साझा चौतारी बनाउनु पर्ने मैले जोड दिदै आएको छु। यस्तो घोचुवाको भरमा बनाएको कमिटीको कुनै औचित्य नै नभएको अवस्था यहाँ जर्मन बासी कलाकार र कला प्रेमी नेपाली दाजु भाईहरु र दिदीबहिनीहरुको ठहर छ।
मैले मेरो कलाकारिता नेपालबाट सिकेर आएको हुँ मेरो बच्चा देखिको चाहनाले गर्दा म किरातेस्वर आश्रम बाट मेरो शास्त्रीय संगित सुरु गरे र दोरेमी संगित स्कुलबाट मैले मादल, हार्मनियम, किबोर्ड, बासुरी,गिटार जस्ता बजाउन र भोकल पनि मैले सिके र नेपालमा बिभिन्न ब्यान्ड सित आबद्द रहे भने मेरो सानै देखी ठुलो शोख भनेकै नाचहो। तेसैले म जर्मनीको बसाइमा मैले नाचका अरु स्टेपहरु जस्तै साल्सा नाच सिके तर पनि म तपाईंहरु जस्ता सफल कलाकारको अगाडि आफुलाई कलाकार भन्न सक्दिन। र म ठुलो इन्टेरटेनर पनि हुन सकिन भन्ने मह्सुश आँफैले गर्दछु। अहिले तपाईंहरुको संगत र साथ पाएको गर्व पनि गर्दै हाम्रो अगाडिका दिनहरु पक्कै सफल र सरल हुने आशा गरेको छौ।
यो गठन प्रकृया बिधी र बिधान सब्बत नभएको कुरा म फेरी यहाँलाई दोराउदै यो निबेदन गर्न चाहान्छुकी त्यो सानो भेलामा उपस्थित नभएका ब्यक्तीहरुको नाम किन यस कार्यसमितिमा राखियो र तेस भेलामा पढेर सबै उपस्थित साथीहरुलाई सुनाएर पास गरायो। तेस पछी लगत्तै अध्यक्ष ज्यु नेपाल जानु भयो र नेपालको बसाइमा अन्तरराष्ट्रिय कलाकार मन्चको नाम बेचेर नेपालमा धेरै नेपाली कलाकारहरु सित फोटो खिचेर ल्याउनु भएछ। तेसैलाई आधार बनाएर हामीले के उहालाई कलाकार भन्ने त ?
मेरो अर्को दुखेसो के भने एक पटक कार्यसमितिमा रहेका सोनी तुलाचन र तेज नेपालीलाई किन र कसरी हटायो ? किन सम्बन्धित ब्यक्ती सित फोटो मागिएन फेसबुकबाट फोटो ट्याक गरेर केन्द्रमा पठायो कस्को अनुमतिले गरियो ? यदी हामी कानुनी प्रकृयामा जाने हो भने त्यस्तो गर्ने ब्याक्तिलाई जर्मन कानुनले कडा सजाय गर्दछ। मैले टेलेफोन बाट सबै जसो प्रतिनिधिहरुलाई शोधे तर धेरै लाई थाहै छैन भने यो कृते काम कसरी भयो ?
जुन सुकै संस्थामा कमिटिको पहिलो बैठकले मात्र सल्लाहाकारको चयन गर्न सक्छ तर यहा सबै नेपाली काङ्रेसको भात्री संगठन नेपाली जन संपर्कसमितीका सबै जनालाई सल्लाहाकार नियुक्त गरिएको छ जस्तै महा मन्त्री ज्यु कोषाध्यक्ष ज्यु नेपाली जन संपर्क समिती युरोपका कोषाध्याक्ष ज्यु सदस्य ज्युहरु छन के यो नेपाली काङ्रेसको भात्री संगठन हो त अन्तर राष्ट्रिय कलाकार मन्च जर्मनी ?
कि जर्मनी यु के पछी दोश्रो नेपालीहरु बस्ने युरोपियन देश हो। यहाँ करीब २०,००० नेपालीहरु स्थाइ रुपमा बस्ने गर्दछन तर यो देशलाई १६ स्टेटमा बाढीएको छ सबै स्टेटमा नेपालीहरु छरिएर बसेका छन। यो हाम्रो कलाकारको भेला नर्थ राइन वस्ट फालियामा भएको थियो जो कि अरु १५ स्टेटहरु का कलाकारहरु र कला प्रेमिहरुलाई थाहा सम्म पनि दिएन। कती सम्म अरु बाँकी १५ स्टेटहरुमा बस्ने नेपालीहरुलाई अन्याय गरियो। कसरी यो कलाकार मन्चले जर्मन कलाकार मन्च भन्ने मिल्छ भनेर प्रश्न गरेको मैले धेरै संग सुने। मलाई नराम्रो महशुस भयो किन हामीले हाम्रा दाजु भाई दिदी बहिनीहरुलाई छुट्टैयो यो मलाई आफुलाई आत्म गलानी हुन्छ। अर्को तिर समाजमा पतित भएका ब्यक्तिलाई कलाकार हुन भनेर परिभाषित गरिएको छ। जस्ले घटाएका घटनाका आला घाऊ अझै निको भएको छैनन। जस्को परिणाम जुन ८ तारिकमा यिनै साथीहरु आयोजक भएर राखेको प्रोग्राममा नेपाली १००० जनसंख्या भएको ठाउमा ५० जना दर्शकहरु उपस्थित थिए। यसबाट हामीलाई यो प्रष्टहुन्छ कि यो कलाकार मन्च गठन गर्ने ब्यक्तीको कुनै अस्तित्व नै नभएको बुझिन्छ।