असार १४ – तेह्रथुममा दुई जना शिक्षक सदरमुकाबाट १६ लाख तलब लिएर फर्कदै गर्दा लुटिएका छन् ।
सदरमुकाम म्याङलुङबाट तलब लिएर विद्यालय तर्फ जादै गरेका पोखरी उच्च मावी छातेढुंगाका कार्यालय सहयोगी चुडामणी घिमिरेको साथ बाट १२ लाख र सरस्वती निमावी छातेढुंगाका अर्का शिक्षक लोकनाथ पकुवालको साथ बाट ४ लाख ४ हजार गरी १६ लाख ४ हजार लुटेराले लुटेर लगेका हुन् ।
सदरमुकाममा रहेको नेपाल बैंक लिमिटेडबाट तलब लिएर फर्कने क्रममा उनीहरु हिजो बेलुकी ८ बजे लुटिएका हुन् ।
विद्यालयका सम्पुर्ण शिक्षकको तलव लिएर आएका उनीहरुलाई छातेढुंगाको २ र ३ नम्वर वडाको विचको जंगलमा १५र१६ जनाको नकावधारी समुहले लुटेको बताइएको छ । लुटेरा समूहले खुकुरी र लाठी देखाएर पैसा लुटेको विद्यालयका प्रधानध्यापकले बताएका छन् ।
प्रहरीले पैसा लुटिने दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको जनाएको छ भने पैसा लुट्ने लुटेरा समुहको पनि खोजी भैरहेको बताएको छ । अहिलेसम्म कोही पनि पक्राउ भने पर्न सकेका छैनन् ।