पहिरोले लग्यो तीन जनालाई उद्धार कार्य जारी
असार १५ – बागलुङमा अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको हटिया गाविस–३ स्थित टेकबहादुर खत्रीको घर पुरिँदा तीनजना बेपत्ता भएका छन् ।
गएराति साढे २ बजे आएको पहिरोमा परी टेकबहादुर खत्रीकी श्रीमती ६४ वर्षीया पवित्रा खत्री, सोही घरमा डेरा गरी बस्ने बागलुङ रेश गाविस–८ की २३ वर्षीया लक्ष्मी सुनार र उनका छोरा तीन वर्षीय सुदीप सुनार पहिरोमा परी बेपत्ता भएका प्रहरीले जनाएको छ ।
प्रहरी टोली र स्थानीयले अहिले सो ठाउँमा उद्धार गरिरहेको र घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति:
June 29, 2012