ज्ञानेन्द्रले राजनीति गर्नु भन्दा मन्दिरमा ध्यान गरेर बस्नु बेस : नेपाल

आज प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले भने ‘स्वर्गद्वारी मन्दिर या अन्य कुनै धार्मिक स्थलहरुमा पुगेर ध्यान गरेर बसे हुन्छ शाहले’ । त्यस्तै नेपालले भने ‘ज्ञानेन्द्र शाहले राजनीतिक कुरा गर्नुभन्दा धार्मिक कर्म गर्नु नै उपयुक्त हुनेछ’ ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ज्ञानेन्द्रले हुँदै नभएको सहमतिको कुरा गरेर राजनीतिक दलमाथि ज्ञानेन्द्रले अविश्वासको वातावरण बनाउँन खोजेको समेत आरोप लगाएका छन् । नेपालले प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयमै राजीनामा नदिए उनको हालत समेत ज्ञानेन्द्रको जस्तै हुने चेतावनी समेत दिएका छन् ।
एमालेको राप्ती अञ्चल स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका नेपालले प्रधानमन्त्रीले राजीनामा नदिए देशव्यापीरुपमा आन्दोलनको घोषणा गर्ने समेत बताएका छन् ।
प्रकाशित मिति:
July 12, 2012