असार ३१ – अहिले केही समयपछि मन्त्री परिषदको बैठक बस्दैछ । अहिले ८ बजे बस्ने बैठकमा आंशिक रुपमा सरकारले ल्याउने लागेको बजेट पास हुनेछ ।
विपक्षी दलको चर्को विरोधका बिचमा आउँन लागेको बजेटको अध्यादेशलाई राष्ट्रपति डा।रामवरण यादवसमक्ष शनिबार पठाइने भने पनि एक दिनपछि आइतबार मात्र पढाइने भएको छ ।
प्रमुख प्रतिपक्षी दलहरुले अन्तरिम संविधान २०६३ को ‘धारा ९६क’ अनुसार बजेट ल्याउँने पर्ने बताए पनि सरकारले संविधानको धारा ८८ बमोजिम अध्यादेश जारी गर्दै बजेट ल्याउँने तयारीलाई अन्तिम चरणमा पुर्याएको हो ।
सरकारले राष्ट्रपतिसमक्ष पेश गर्ने अध्यादेशमा उल्लेख गरिएको छ आर्थिक वर्ष ०६८र६९ आइतबारै समाप्त हुँदैछ । साउन १ बाट नयाँ आर्थिक वर्ष सुरु हुने भएपछि सरकारले आइतबार नै अध्यादेश राष्ट्रपतिकहाँ पुर्याएर नयाँ बजेट सार्वजनिक गर्ने छ ।
बजेटलाई सार्वजनिक गर्न राष्ट्रपतिले स्वीकृत गरेपछि सँझ राष्ट्रिय योजना आयोगको हलबाट अर्थमन्त्री वर्षमान पुनले ‘बजेट भाषण’ गर्ने कार्यक्रम रहेको छ । संसद नभएको अवस्थामा अर्थमन्त्री पुनले योजना आयोगको हलबाट बजेट भाषण गर्न लागेका हुन ।