नेता/कार्यकर्ताको दुर्घटनामा मृत्यु भएपछि विस्तारित बैठक रोकियो
साउन १ – आजदेखि सुरु हुने भनिएको एकीकृत नेकपा माओवादी विस्तारित बैठकमा सहभागी हुन आइरहेका नेता तथा कार्यकर्ता सडक दुर्घटनामा पनि मृत्यु भएपछि विस्तारित बैठक नै रोकिएको छ ।
दुई छुट्टाछुट्टै सवारी दूर्घटनामा एमाओवादीका एक राज्य समिति सदस्यको निधन र एक बेपत्ता हुनुका साथै करिब एक दर्जन राज्य समिति सदस्यहरु घाइते भएपछि आज सुरु हुने भनिएको बैठक स्थगित भएको हो ।
रुपन्देहीको सुनवलचोकमा यात्रुवाहक बस र टिप्पर ठोक्किदा सातौं विस्तारित वैठकमा भाग लिन काठमाडौंतर्फ आउने क्रममा एमाओवाद राज्य समिति सदस्य अनन्त अधिकारीको मृत्यु भएको छ । त्यस्तै कृष्णभीर सडकखण्डमा बस त्रिशुली नदीमा खस्दा राज्य समिति सदस्य दिपक चौधरी वेपत्ता भएका छन् । ‘
सुनवल दूर्घटनामा शारु वि.क, मित्र, क्षितिज, शिखर, हिमशिखर, प्रशान्त, नयाराम थापा, ऐनबहादुर कठायत, छवि सुवेदी, टोपबहादुर खप्तडी र सचिन्द्र शाही घाइते भएका छन् ।
उदयपुरको कटारीबाट काठमाडौं आउँदै गरेको बस कृष्णभीरमा नदीमा खस्दा पूर्व ‘जनमुक्ति सेना नेपाल’ दोस्रो डिभिजनका कम्पनी कमाण्डरहरू बिनु वान्तवा राई, राजन बराइली गम्भीर र कम्पनी कमाण्डर मिरा कार्कीसहित यात्रुहरू भेषराज धमला, नर्बु तामाङ, सन्तु तामाङ, मिनुकुमारी बराइली, सतमा मगर, नाबालक निराशा यादव, इन्द्रजीत महरा, बुम्भलाल अधिकारी, सुवासलगायत घाइते भएको माओवादीले जनाएको छ ।

प्रकाशित मिति:
July 16, 2012