रक्सीले लियो २८ जनाको ज्यान
होन्डुरसमा विषाक्त रक्सी सेवनका कारण गत हप्तादेखि बिरामी भएका २८ जनाको ज्यान गएको छ ।
ती बिरामीहरूमा गरिएको अनुसन्धानबाट बिरामीको कारण विषाक्त रक्सी रहेको पाइएको त्यहाँको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सो रक्सीका कारण बिरामी परेका ४८ भन्दा बढी व्यक्तिलाई गतहप्ता अस्पताल भर्ना गरिएको थियो ।
गत हप्तादेखि सो रक्सीका कारण मृत्यु हुने नागरिकको सङ्ख्या बढ्न थालेको र आज थप चार पुगेको हो । सो कारणबाट तीन दिन अघिमात्र २४ जनाको ज्यान गएको थियो ।
सो क्षेत्रमा यस्तो विषाक्त रक्सीको सेवन गरी बिरामी परेका ४८ व्यक्ति अस्पताल आएका होन्डुरसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ती ४८ जनामध्ये २८ को मृत्यु भएको र बाँकीको अवस्था पनि निकै गम्भीर रहेको जानकारी ती चिकित्सकले दिएका छन् ।
प्रकाशित मिति:
July 14, 2012