कवार्ड गोदाममा आगलागी हुँदा लाखौँको क्षति
असार २१ – नेपालगञ्जमा रहेको एक कवार्ड गोदाममा आज आगलागी हुँदा लाखौँ बराबरको सामग्री जलेर नष्ट भएको छ ।
नेपालगञ्जको खजुरारोडस्थित कवार्ड संकलन केन्द्रमा आज दिउँसो आगलागी भएको हो । केन्द्रका आधाभन्दा बढी प्लाष्टिकका कवार्डहरु जलेर नष्ट भएको बताइएको छ ।
आज दिउँसो लागेको आगो दमकलले निभाउन नसकेपछि प्रहरी र स्थानीय बासिन्दाले पम्पिसेटबाट पनि पानी हालेका थिए ।
प्रहरी तथा सशस्त्र प्रहरीको सक्रियताले आगो भने छिमेकी घरहरुमा सर्न पाएन ।
आगो झन्डै डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । कवार्ड गोदाममा अधिकांश वस्तु प्लाष्टिक भएकाले आगो निभाउन झनै कठिन भएको थियो ।
प्रकाशित मिति:
July 05, 2012