यही हो २१ लाख पर्ने स्विस भेडा अल्फा I
दोलखाको जिरीमा स्विजरल्याण्डका नागरिकले व्यवसायिक पालन गरेको भेडा जस्तो देखिने यो जनावर अल्फा हो ।
यसको मूल्य २१ लाख रुपैयाँसम्म पर्छ । अन्तराष्ट्रिय बजारमा खपत हुँदै आएको यसको उन प्रतिकिलो एक लाख ५० हजार रुपैयाँ देखि तीन लाख रुपैयाँ सम्ममा बिक्री हुन्छ ।
हावापानी सुहाउँदो भएकोले जिरीमा अल्फाको व्यवसायिक पालन गरेको थियो । यसअघि सो स्विस नागरिकले नेपालको पूर्वी क्षेत्रमा अल्फा पालेका थिए । पछि त्यहाँका हावापानी अल्फा सुहाउँदो नभएपछि जिरीमा स्थानान्तरण गरिएको हो ।
अहिले भने अल्फालाई पुनः स्विजरल्याण्ड लगिएको छ ।
प्रकाशित मिति:
July 18, 2012