कांग्रेस एमाले संघीयता विरोधी रहेकाले नेतृत्व अस्वीकार्य : त्रिपाठी
असार २२ – भौतिक योजना निर्माण मन्त्री हृदयेश त्रिपाठीले कांग्रेस एमाले संघीयता विरोधी रहेकाले उनीहरुको नेतृत्व स्वीकार गर्न नसकिने बताएका छन् ।
कांग्रेस एमालेले सरकारको नेतृत्व गर्न उनीहरु सच्चिन आवश्यक रहेको उनको भनाई छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष समेत रहेका त्रिपाठीले संघीयता विरोधीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने बताए ।
राजधानीमा आज आयोजित एक साक्षात्कार कार्यक्रममा उनले लोकतान्त्रिक आन्दोलनको उद्देश्य नै संघीयतासहितको संविधान निर्माण रहेकाले त्यस आन्दोलनको मर्म र भावना विपरीत संघीयता विरोध चरित्र बोकेको नेतृत्वर्ला परिवर्तनकारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्वीकार्न नसक्ने बताए ।
उनले संविधाननिर्माणमा सहमति अपरिहार्य रहेको भन्दै सरकार अझै पनि संविधान निर्माणका लागि राष्ट्रिय सहमति जुटाउन पहल गरिरहेका पनि बताए ।
प्रकाशित मिति:
July 06, 2012